काँग्रेसका वरिष्ठ नेता पौडेल गृहजिल्लामै प्रहरी नियन्त्रणमा

-



     सफल आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित



पोखरा, १७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आप्mनै गृहजिल्लामा प्रहरीबाट नियन्त्रणमा रहेका छन् । निषेधाज्ञा तोडेको भन्दै प्रहरीले उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

व्यास नगरपालिका १ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयलाई लिएर काँग्रेस र राष्ट्रिय युवा संघबीच विवाद उत्पन्न भएको थियो । सो विवादका कारण जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन बुधबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

वरिष्ठ नेता पौडेलले निषेधाज्ञा तोडेर पुल उद्घाटनमा जान खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । सो क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्याँस समेत हानेको थियो ।

कांग्रेस नेता पौडेलले भने आफ्नो निर्वाचन क्षेत्रमा आफूले बजेट जोहो गरेको र शिलान्यास गरेका पुललगायत संरचनाको उद्घाटन आफूले गर्नु स्वभाविक भएको तर्क गरेका छन् ।