सर्वोत्तम सिमेन्टको साधारण सभा मंसिर २३ मा, लाभांश कति ?

-



     सफल आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । सर्वोत्तम सिमेन्टकाे मंसिर २३ गते विशेष साधारण सभा बोलाइएको छ । साधारण सभामा आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट प्रस्तावित ५४.२३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने बताइएको छ ।

संचालक समितिको निर्णय अनुसार साधारण सभाका लागि चुक्ता पूँजीको १९८ः१४२ अर्थात १९८ कित्ता शेयर बरार १४२ कित्ता हकप्रद शेयर जारी गरी चुक्ता पूँजी १,४२,००,००,०००.००(एक सय बयालिस करोड) वृद्धि गर्ने र त्यसअनुसार कम्पनीको प्रबन्धपत्र जारी तथा चुक्ता पूँजी संशोधन लगायतका प्रस्ताव रहेका छन् ।

हकप्रद शेयर आवेदन गर्ने हक जुन समूहको शेयरधनी हो, सोही समूह अन्तर्गत रहने गरी हक हस्तान्तरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र नियमावलीमा संशोधन गरिने भएको छ ।

कम्पनीको विशेष साधारण सभा काठमाडौं तीनकुनेस्थित कार्यालयमा हुने भएको छ ।