नेप्से १५.५७ अंकले घट्यो, ८ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

जलविद्युत् १०.३६ र लघुवित्त ३०.०८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ८.७३, व्यापार १६०.४२, होटल ८.३५, विकास बैंक २०.३५, वित्त ६.७३, निर्जीवन बीमा १६६.४१, उत्पादन ७२.९६, अन्य १९.३१, जीवन बीमा २५८.२६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले ओरालो लागेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ११ करोड ४० लाख आठ हजार ५७७ बराबरको कारोवार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ४२ करोड १८ लाख ३८ हजार ८९९, नेपाल लाइफ इन्स्योरेन्स रु ३० करोड तीन लाख ३८ हजार ३००, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड सात लाख ११ हजार २७९, शिवम् सिमेन्ट रु २३ करोड ८२ लाख ८२ हजार ११०, प्राइम बैंक रु २२ करोड ३० लाख ८६ हजार, नेपाल बैंक रु १८ करोड ७० लाख ८४ हजार ६७७ र नबिल बैंक रु १८ करोड २४ लाख ३३ हजार ६२२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.९५, नेपाल सेवा लघुवित्त ९.०६, डिप्रोक्स लघुवित्त ६.७२, छिमेकी लघुवित्त ६.४०, प्राइम बैंक ४.८२, सूर्योदय लघुवित्त ४.८१, मिथिला लघुवित्त ४.७७ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.७७ प्रतिशतले कमाएका छन् । यसैगरी विशाल बजार कम्पनी ६.९७, साल्ट टे«डिङ कर्पोरेशन ६.९४, बोटलर्स नेपाल तराई ५.२०, रसुवागढी हाइड्रोपावर ५.१४, साञ्जेन जलविद्युत् कम्पनी ५.०९, एशियन लाइफ इन्स्योरेन्स ४.१०, आरएसडिसी लघुवित्त ३.७७ र एचआइसिएलका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाए ।