भारतीय आईसिआईसिआई बैंकको प्रतिनिधि कार्यालय काठमाडौंमा खुल्यो

-



     सफल आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । भारतको आईसिआईसिआई बैंकको प्रतिनिधि कार्यालय नेपालमा खोलिएको छ । नेपालमा आफ्नो प्रतिनिधि कार्यालय खाेल्ने आईसिआईसिाई बैंक भारतको पहिलो निजी क्षेत्रको बैंक भएकाे छ ।

आईसिआईसिआई को नेपालस्थित कार्यालयको काठमाडौं थापाथलीमा रहेको सेन्ट्रल बिजनेश पार्कमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदुत निलाम्वर आचार्य तथा आईसिआईसिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख श्रीराम एच आयर लगायतले बिहिबार संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा अन्तराष्ट्रिय बैंकिङ्ग ग्रुपका प्रमुख आयरले नेपाल र भारतबीच व्यापार तथा लगानीको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे । उनले भने, दुबै देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ । नेपालका बैंकहरुसंगको सहकार्यले दुबै देशको आर्थिक विकासमा सुधार हुने विश्वास व्यक्त गरे ।

आईसिआईसिको नेपालमा खोलिएको १५ औं प्रतिनिधि कार्यालय हो । बैंकले नेपालस्थित प्रतिनिधि कार्यालयको प्रमुखमा रञ्जनकुमार थापालाई नियुक्त गरेको छ ।