सुनको मूल्य बढ्यो, तोलाको कति ?

-



     सफल आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार ९२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रहेको महासंघले जनाएको छ ।