ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्न लगानीकर्ताको माग

-



     सफल आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । विभिन्न लगानीकर्ता तथा संगठनका पदाधिकारीले ब्रोकर कमिशन कम गर्न माग गरेका छन् । उनिहरुले ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गरेर लगानीकर्ताको लागत घटाई नयाँ लगानीकर्तालाई पूँजीबजारमा प्रवेश गराउन मनोवल बढाउने काम गर्नुपर्ने बताएका छन्

नेपाल ईन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानिकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल लगायतका विभिन्न संगठनका पदाधिकारी, सदस्यहरुले प्लेकार्ड प्रदर्शन गर्दै ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन् ।

छरिएको पूँजीलाई एकिृत गरि राष्ट्र निर्माणमा आवश्यक पूँजीको जोहो गगर्दै, पूँजीवजार चलायमान बनाउन, नेप्से, धितोपत्र बोर्ड, सिडिएससी र ब्रोकरको आयमा पनि गुणात्मक वृद्धि हुने उनिहरुले आशा गरेका छन् ।

लगानीकर्ताको नोक्सानी दिनदिनै बढ्दै गएको बताउँदै उनीहरुले धैर्यताको बाँध टुट्न गए त्यसको परिणाम राम्राे नहुने भन्दै चेतावनी दिएका छन ।