पोखरामा लिटरेचर फेस्टिभल हुने

-



     सफल आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित



पोखरा, १९ मंसिर । कोरोना महामारीको विषम परिस्थितिबीच पोखरामा लिटरेचर फेस्टिभलले निरन्तरता पाउने भएको छ । बुक वर्म फाउण्डेसनको आयोजना तथा ¥यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा यही डिसेम्बर अन्त्यतिर आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण हुने भएको हो ।

सहआयोजक ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले भने, ‘शुभचिन्तकको माग सम्बोधन गर्दै फेस्टिभललाई निरन्तरता दिन लागिएको हो । विगतमा जस्तो ओपन स्पेसमा भव्य गर्न नसके पनि लाइभमार्फत श्रोतादर्शकसम्म पुग्ने प्रयास हुनेछ ।’ उनका अनुसार यसपालि २ दिनसम्म चल्ने फेस्टिभलमा करिब २० सेसनमा चर्चित साहित्यकार, लेखक, विचारक, पत्रकार, सम्पादक, संगीतकार, सेलिव्रेटी लगायतबीच अन्तरक्रिया हुनेछ ।

गत वर्ष मंसिर २७ देखि ३० सम्म फेवाताल किनार बाराही घाटमा ‘आइएमई नेपाल लिटरेचर फेस्ष्टिभल–२०१९’ सफलतापूर्वक सम्पन्न भएको थियो । सो संस्करणमा ४० सेसन समेटिएको थियो । नेपाल लिटरेचर फेस्टिभल ५ वर्षयता सन् २०१६ देखि लगातार पोखरामा हुँदै आएको छ । यो सन् २०११ मा पहिलो पटक ललितपुरमा भएको थियो । पोखरामा यसपालि पनि हुने फेस्टिबल सबैको सहयोगले सफल हुनेमा आफूहरु आशावादी रहेको बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले बताए ।