
काठमाडौं, २० मंसिर । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पुसका १३ गते साधारण सभा आवहान गरेको छ ।
कम्पनीका अनुसार प्रतिकित्ता रु.१०० दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता निष्काशन गर्न लागिएको हो । कम्पनीले स्थानिय आयोजना प्रभावितका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणको लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर दिने भएको छ ।
स्थानिय आयोजना प्रभावितका लागि १० प्रतिशत तथा सर्वसाधारणका लागि १५ प्रतिशत शेयर नवौं साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।
साधारण सभा पुस १३ गते भर्चुअल माध्यमबाट बोलाईएको छ । नवौं वार्षिक साधारण सभामा कम्पनीको वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, नाफा घाटाको हिसाब लगायतका विषयहरुमाथि छलफल गरि पारित गरिने भएको छ ।
कम्पनीको शेयर बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ । सिन्धुपाल्चोकमा मध्य भोटेकोशी जलविद्युत आयोजनाले १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत निर्माणको काम गरिरहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



