प्रदेश प्रमुख अधिकारीलाई काठमाडौं लगियो

-



     सफल आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित



मोरङ, २० मङ्सिर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेकाे उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।