सिटिजन्स बैंकको साधारण सभा आज, ११ प्रतिशत लाभांश पारित गर्दै

-



     सफल आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० मंसिर । सिटिजन्स बैंक इन्टरनेशनलको १४ औं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा आज बाेलाइएकाे छ । सभाले संचालक समितिले यसअघि प्रस्ताव गरेको ११ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

गत कार्तिक २८ गतेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा आज पूर्वान्ह ११ वजे आयोजना गर्ने निर्णय गरेको थियो ।

सिटिजन्सले गएको आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । समितिबाट प्रस्तावित ८ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ ।

बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज भएको थियो । साधारण सभाका लागि मंसिर १० गतेसम्म नेप्सेमा कारोबार गरेका र कायम भएका शेयरधनीहरु सहभागि हुन पाउने छन् । साथै लाभांश पाउन योग्य मानिने भएका छन् ।