प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गर्दै ६० करोडको शेयर

-



     सफल आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीकाे मंसिर २९ गते साधारण सभा आव्हान गरिएको छ ।

शेयर निष्काशन अघि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेकोमा शेयर निष्काशनपछि २ अर्ब पुर्याउने भएको छ । सर्वसाधारणका लागि ५४ लाख कित्ता शेयर रहेको छ । लगानी गर्न चाहने लगानीकर्ताले बैंक तथा वित्तीय संस्था, मेराे शेयरबाट अनलाइन आवेदन गर्न सक्ने भएका छन् ।

प्रभु लाईफको शेयरमा आवेदन दिने अवधि पुस २ गतेसम्म रहेको छ । उक्त तोकिएको अवधिमा शेयर बिक्री नभए पुसको १३ गतेसम्म आवेदन दिन पाईने छ । सर्वसाधारणले घटीमा १० कित्ता, प्रति एक हजार देखि ५ हजार कित्ता, ५ लाखसम्म आवेदन दिन पाउने छन् ।

कम्पीनले यस आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क उठाउदा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई तोकिएको छ ।