
काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाले सम्पदा संरक्षण र सम्बद्र्धनमा गर्न उच्च प्राथमिकमा राखी काठमाडौँभित्रका सम्पदालाई बाहिर जिल्लाका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापन गर्ने भएको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको आज शिलान्यास गर्दै सम्पदा संरक्षण र अवलोकनबाट स्थानीयवासीको आयमा वृद्धि गरिने जानकारी दिए । उनले क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदा जोगाएर गुठी परम्परालाई जीवन्त राख्न स्रोतको अभाव नभएको पनि प्रष्ट पारे ।
“भर्खर लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध गाँसेका छौँ । यसैगरी भगवान् बुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति उद्यान निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन गरेका छौँ ”, कामपा प्रमुख शाक्यले भने् । विस्तारित भवनको लागत रु.चार करोड २८ लाख हो । सोमध्ये पहिलो चरणमा करिब रु.एक करोड लागतका काम हुने भवन निर्माण उपभोक्ता समितिका संयोजक अभयरत्न कंसाकारले जानकारी दिए ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



