मिस नेपाल-२०२० को उपाधि नम्रतालाई

- नेपाली महिलालाई अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन्

-



     सफल आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० मङ्सिर । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले आज आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौंकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन । उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहियार्याएकी हुन् ।

आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन्। मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने भएकी छन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौंकी २४ वर्षीया सिमल कनौजियाले पाइन । उनी तीनै जनाले नगद रु दुई लाख ५० हजार पाएका छन्उर ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राना हुन् । आज गरिएको प्रतियोगिता २५औं हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन । हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले तीन हप्ताको भर्चुअल तामिल र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगिलाई तालिम प्रदान गरिएको जानकारी दिए ।

प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो । यस्तै प्रतियोगितामा मिस टुरिजमको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि नगद रु २५ हजार रहेको छ ।फाेटाेःरासस