नेप्से परिसूचकमा लाग्यो नकारात्मक सर्किट

-



     सफल आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेप्से परिसूचकमा नकारात्मक सर्किटका कारण यो हप्ताको पहिलो दिन आइतबार कारोबार समय बाँकी छदै कारोबार स्थगित भएको छ । साढे २ नबज्दै सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको कारोबार स्थगन गरिएको हो ।

११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने नियम छ । आइतबार सर्किट ब्रेक लाग्दासम्म नेप्से परिसूचक १२३ दशमलव ३४ अंकले घटेर १९३२ दशमलव ११ अंकमा झरेको छ ।