माछापुच्छ्रे बैंकको २२ औं साधारण सभा पुस २ मा, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । माछापुच्छ्रे बैंकले पुस २ गते २२ औं साधारण सभा गर्ने भएको छ । बोनस शेयर, नगद लाभांश वितरणा लगायतका विभिन्न महत्वपूर्ण विषयमामाथि छलफल तथा पारित गर्नका लागि बैंकको साधारण सभा भिडियो कन्फ्रेन्समार्फत हुने बताईएको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमको कारण साधारण सभा भिडियो कन्फ्रेन्समार्फत गर्न लागिएकोले शेयरधनीहरुलाई उपलब्ध गराईने जुम आईडी र पासवर्डकोको सहायताले साधारण सभा सहभागि हुन बैंकले अनुरोध गरेको छ ।

साधारण सभाका लागि बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पूँजीको ७.०३ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्नका लागि स्वीकृत गरिने जनाएको छ । यस्तै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २८ करोड ५० लाख ६४ हजार ७४४ अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नका लागि स्वीकृत गरिने भएको छ ।

यस्तै माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसंग एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ताको नियुक्ती, मर्जर वा प्राप्तीका लागि सम्झौता गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेका छन् ।

बैंकको २२ औं साधारण सभा पुस २ गते पूर्वान्ह ११ वजेदेखि होटल पोखरा ग्राण्ड, पार्दीमा भर्चुअल माध्यमबाट हुनेछ ।