अरुण काबेली पावरको ६ प्रतिशत लाभांश पारित

-



     सफल आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २२ मंसिर । अरुण काबेली पावरको आज काठमाडौंमा सम्पन्न १० औं साधारण सभाले शेयरधनीलाई वितरण गरिने ६ प्रतिशत लाभांश पाारित गरेकाे छ ।

कम्पनीको ट्रेड टावरमा अनलाइनमार्फत भएको साधारण सभाले शेयरधनीहरुको लागि ५.७१ प्रतिशत बाेनस तथा ०.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

साधारण सभाले वर्ष २०७६/२०७७ को वार्षिक तथा लेखापरिण प्रतितिवेदन पारित गरेको छ । यस्तै आर्थिक वर्ष २०७७/२०७८ को लागि लेखापरिक्षक नियुक्ती र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डा पारित गरेको छ । साधारण सभामा कम्पनीको तर्फबाट वित्त प्रबन्धक थानेश्वर भट्टराईले वर्ष २०७६/२०७७ को वित्तीय विवरण प्रस्तुत गरेका थिए ।