नेप्से ७२.२८ अंकले बढ्यो, साढे ६ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । साताको दोस्रो दिन नेप्से ७२.२८ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।