थप १ हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

-



     सफल आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा १ हजार ६२८ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख २७ हजार ४३३ पुगेको छ । नेपालका हालसम्म २ लाख ४१ हजार ९९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ९४८ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६१४ पुगेको छ ।