प्रम ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



काठमाडौंमा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, छिमेकी देशसँगको सम्बन्ध तथा राजावादीहरूको प्रदर्शनबारे छलफल गर्न सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

देशका विभिन्न ठाउँमा पूर्वराजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक आह्वान गरेको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा. प्रकाशशरण महत, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव, नेमकिपाका तर्फबाट प्रेम सुवाललगायत सहभागी छन् ।

यसअघि प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण र नयाँ नक्सा जारी गर्ने बेलामा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए ।