लुम्बिनी विकास बैंककाे १० प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । लुम्बिनी विकास बैंक ले १० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू २ अर्ब ७१ करोड ६३ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।