चिकित्सकमाथि कुटपिट विरोधमा अफिनको आपत्ति

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



पोखरा, २३ मंसिर । चिकित्सकलाई कुटेको विषयमा अफिन गण्डकीले आपत्ति जनाएको छ । संस्थाका सचिव ऋषि खतिवडाद्वारा जारी विज्ञप्तिमार्फत गत मंसिर २० मा गोरखा अस्पतालमा भर्ना भएकी सृष्टि बानियाँ कुँवरले सोही दिन बिहान बच्चा जन्माएकी र बिरामीको कुरुवा महिलाको सहयोगमा शौचालय जाने क्रममा लडेकोे विषयलाई लिएर चिकित्सकको लापरबाही भन्दै चिकित्सकद्वय डा. सन्दीप श्रेष्ठ र डा. गणेश श्रेष्ठलगायत स्वास्थ्यकर्मीलाई उत्तेजित समूहले कुटपिट गरेको भन्दै घटनाको भत्र्सना गरिएको हो ।

कोरोना महामारीको बेलामा पनि अहोरात्र बिरामीको सेवामा निरन्तर खटिरहने चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्नेमा यसप्रकारका घटनाले समाज कतातिर गइरहेको छ भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ ।