नेप्से परिसूचक ओरालो लाग्यो

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । साताको तेस्रो दिन नेप्से ९.४ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ९.४ अंकले घटेर १ हजार ९ सय ९५ दशमलब ३५ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् ।