सर्वोच्चले रोक्याे जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय

-



     सफल आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । जग्गाको कित्ताकाट गर्न सर्वोच्च अदालतले रोक लगाएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा कित्ताकाट फुकुवा गर्ने गरेको निर्णयलाई सर्वोच्चले बदर सर्वोच्चले गरिदिएको हो ।

भूमि व्यवस्था मन्त्रालयले २६ साउन २०७४ मा प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतले कृषियोग्य जमीनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय गैरकानूनी भएको फैसला सुनाएको छ ।