ज्योति लाइफको ६६ करोडको आईपीओ पाइपलाइनमा, कहिले पाउँला अनुमति ?

-



     सफल आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) को निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनी हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । चुक्ता पूँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्नेछ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बोर्ड श्रोतका अनुसार मंसिर महिनाको अन्त्यसम्ममा वा पुसको पहिलो सातामा नै ज्योतिले अनुमति पाउने सम्भावना रहेको छ ।