३९.६० अंकले घट्यो नेप्से, ४ अर्ब ७४ करोड बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । साताको चौथो दिन नेप्से दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३९.६० अंकले घटेर एक हजार ९ सय ५५ दशमलब ७७ विन्दुमा पुगेको छ ।


नेप्सेका अनुसार आज ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूह घटेका छन् ।