समृद्धि फाइनान्सकाे लिलामी शेयरमा परेका बाेलपत्र शुक्रबार खोलिँदै

-



     सफल आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २५ मंसिर । समृद्धि फाइनान्सकाे लिलामी शेयरका लागि परेका बाेलपत्रहरू शुक्रबार खाेलिने तयारी गरिएकाे छ । कम्पनीले मंसिर १० देखि १७ गतेसम्म बाेलकबाेल गरी हकप्रद शेयरकाे बिक्री खुल्ला गरेको थियाे ।

निष्कासन तथा बिक्री प्रबन्धक रहेकाे बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडाैँमा उक्त बाेलपत्रहरू शुक्रबार दिउँसाे साढ १ वजे खाेलिने बताइएकाे छ ।

यसअघि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्रीका लागि खुल्ला गरिएकाे थियाे । 

कम्पनीले गएकाे असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । यसकाे निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेकाे छ ।