८.२७ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । साताको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ८.२७ अंकले बढेर १ हजार ९ सय ६४ दशमलब २ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई समूहबाहेक अन्य सबै समूह घटेका छन् ।