डिआइजी पोखरेल एआइजीमा बढुवा

-



     सफल आवाज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २६ मंसिर । सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को हिजाेकाे बैठकले उनलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक( डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो । अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो ।