महुली लघुवित्तको शेयर काराेबार आइतबारदेखि शुरू हुने

-



     सफल आवाज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ मंसिर । महुली लघुवित्तको ६ लाख ४२ हजार २०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । अब आइतबारदेखि शेयरकाे काराेबार पनि शुरू हुने भएकाे छ । नवकिरण लघुवित्त र महुली लघुवित्त एकापसमा गाभिएपछि नवकिरण लघुवित्तकाे शेयर महुलीको नामबाट सूचीकृत भएको हो ।

शेयर नेप्सेमा सुचिकृत भएपछि अब नवकिरणका शेयरधनीले महुली लघुवित्तको नामबाट शेयरकाे कारोबार गर्नेछन् । दुवै लघुवित्त एकापसमा गाभिएपछि उनीहरूकाे एकिकृत काराेबार मंसिर ८ बाट शुरू भएको थियाे । मर्जकाे कारण राेकिएकाे महुलीकाे शेयर काराेबार आइतबारदेखि खुला हुने भएकाे हाे ।