अरुणभ्याली हाईड्रोपावरको शेयर कारोबार आईतबारबाट

-



     सफल आवाज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ मंसिर । अरुणभ्याली हाईड्रोपावर कम्पनीको शेयर कारोबार आईतबारबाट खुला हुँदैछ । नेप्सेमा कम्पनीको शेयर मूल्य समायोजन भएपछि शेयर कारोबार खुला हुन लागेको हो ।

नेप्सेमा अरुण भ्याली हाईड्रोपावरको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य २३४ रुपैयाँ कायम गरिएकाे छ । साधारण सभाको प्रयोजनार्थ आजबाट बुक क्लोज भएको छ ।

अरुणभ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको २३ औं साधारण सभा पुस ८ गते डाकिएको छ । कोभिड १९ को संक्रमणको कारण साधारण सभा भर्चुअल हुने भएको छ ।

मंसिर २५ गतेसम्म कायम भएका शेयरधनीहरुलाई साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने भएको छ । कम्पनीको संचालक समितिले आर्थिक वर्ष २०७६/२०७७ काे मुनाफाबाट ५ प्रतिशत बोनस तथा ०.२६३ नगद लाभांश प्रस्ताव गरेको छ ।