साहस उर्जाले माग्यो १ अर्ब ५ करोडको आईपीओ निष्काशनको अनुमति

-



     सफल आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ मंसिर । साहस उर्जा लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति माग गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा सर्वसाधारणका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्काशनको लागि आवेदन पेश गरेको हो ।

कम्पनीले सोलुखुम्बुमा ८६ मेगावाट क्षमता भएको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ८ हजार शेयरधनीहरुले लगानी गरेको साहस उर्जा लिमिटेडमा नेपाल इन्भेष्टमेन्ट बैंसहित ५ बैंकको लगानी रहेको छ । कम्पनीको बिक्रिी प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।