चिलिमे हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । चिलिमे हाईड्रोपावर कम्पनीको लभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको २४ औं साधारण सभाबाट २० प्रतिशत लाभांस पारित गरिने भएको छ । यसका लागि कम्पनीको साधारण सभा पुस १२ गते आव्हान गरिएको छ ।

कम्पनीका शेयरधनीले आफ्नो लाभांश प्राप्तिका लागि आजसम्म मात्रै लाभांश सुरक्षित गर्न सक्ने भएका छन् । साधारण सभा तथा लाभांश प्रयोजनार्थ मंसिर २९ बाट पुस २ गतेसम्म बुक क्लोज गरिने भएको छ ।

नेप्सेमा कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्ने भएका छन् । साधारण सभाबाट पारित भएपछि उनीहरूले लाभांश पाउने छन् । कम्पनीले आर्जन गरेको आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुका लागि १० प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांस वितरण गिरने भए हाे ।