आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो ।

शनिबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढाइएको आयल निगमका प्रवक्ता बिनितमणि उपाध्ययले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बढेको मूल्यपछि पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।