४५० मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युतको काम शुरु, बाँधका लागि जग्गा अधिग्रहण हुँदै

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । किमाथांका अरुण जलविद्युत आयोजना निर्माणको काम शुरु भएको छ । ४५० मेगावाट क्षमताको नेपाल सरकारको स्वामित्वको विद्युत उत्पादन कम्पनीको प्रवर्धन रहेको आयोजना बाँधस्थलमा अहिले अवासिय भवन तथा कार्यालय भवन निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु भएको छ ।

आयोजनास्थल भोटेखोला गाउँपालिका वडा नं २ ह्योगोकका स्थानियको जग्गा अधिग्रहण गर्न लागिएको हो । जहाँ ८३ घरपरिवारको जग्गा रहेको छ । उक्त स्थानमा आयाोजनाको बाँध निर्माण गर्नका लागि जग्गा अधिग्रहण गर्नका लागि आयोजननाले सूचना निकालेको छ ।

आयोजनाको टनेल निर्माणको जिम्मा प्रदेशी, पबिता जेभीले लिएको छ भने निर्माणको सम्झौता भईसकेको छ । अरुण नदीमा जलविद्युत आयोजनाको बाँध २० मिटर अग्लो बनाईने भएको छ । ६.३ किलोमिटर लम्बाईको सुरुङ्गबाट लगिएको पानीलाई ४५० मेगावाटको विजुली उत्पादनका लागि तीन सय ६० मिटरको अग्लो स्थानबाट खसालिने भएको छ ।

किमाथांका अरुण जलविद्युत आयोजना नेपाल सरकारको स्वामित्व रहेको आयोजना हो । कम्पनीले यो आयोजनाबाहेक फुकोट कर्णाली, जगदुल्ला, जाजरकोटको नलगाड तथा मुगुको कर्णाली जलविद्युत आयोजनाको प्रवर्धनको काम पनि गरिरहेको छ ।