
काठमाडौं, २८ मंसिर । साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको हाे ।
कूल २०३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता शेयर रु. चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ मा कारोबार भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार २९.८६, होटल ५.६८, जलविद्युत् २८.९५ बिन्दुले ओरालो लागेको छ ।
यस्तै बैङ्किङ ४५.७७, विकास बैङ्क ३६.७१, वित्त ७.२२, निर्जीवन बीमा १७४.०५, उत्पादन २७२.५४, अन्य १५.३, लघुवित्त ५६.२९, जीवन बीमा ५२८.४३ र सामूहिक लगानी कोष ०.११ ले उकालो लागेको छ । कारोबारका आधारमा आज नेपाल लाइफ इन्सुरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. ६७ करोड एक लाख ७२ हजार ४२१ बराबरको कारोबार भयो ।
यस्तै, नेपाल पुनर्बीमा कम्पनी रु. ३५ करोड ९४ लाख ५६ हजार ४६८, हिमालयन डिस्टिलरी ३० करोड ६५ लाख ८२ हजार ७७, माथिल्लो तामाकोशी १८ करोेड १७ लाख ९४ हजार ९३२, चिलिमे हाइड्रोपावर १५ करोड २८ लाख १५ हजार ८२५, एनआइसी एशिया बैङ्क १५ करोड १० लाख ६७ हजार ३०९ र नेपाल दूरसञ्चार कम्पनी १४ करोड ३५ लाख ४१ हजार ९९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२४ कम्पनीको शेयर उकालो लागेको छ । यस्तै ३० कम्पनीको शेयर ओरालो लाग्दा १९ कम्पनीको शेयरमा भने कुनै परिवर्तन देखिएको छैन । कारोबारका आधारमा बजार पूँजीकरण रु. २७ खर्ब बराबरको रहेको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु. २६ खर्ब ९५अर्ब ३२ करोड ९१ लाख ९१ हजार ८९८ बराबर रहेको छ ।
यसैगरी माहुली सामुदायिक लघुवित्त ९.९४, साधाना लघुवित्त ९.९१, नारायणी डेभलपमेन्ट बैङ्क ९.८२, हिमालयन डिस्टिलरी ९.१५, शिवम् सिमेन्ट ७.२६, नेपाल लाइफ इन्सुरेन्स ७.११, नेपाल बङ्गलादेश बैङ्क ६.९२ र प्रभु बैङ्कका लगानीकर्ताले ६.४० प्रतिशतले कमाए । त्यस्तै माथिल्लो तामाकोशी ४.८४, आँखु खोला जलविद्युत् कम्पनी ३.५५, अरुण काबेली पावर २.८८, दिव्यश्वरी हाइड्रोपावर २.६५, रसुवागढी हाइड्रोपावर २.२७, बोटलर्स नेपाल तराई २.१९, साञ्जेन जलविद्युत् कम्पनी २.०६ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



