सेन्चुरी कमर्शियल बैंकको लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । सेञ्चुरी कमर्शियल बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न बाँकि रहेको बोनश रकम १६ करोड ८३ लाख रुपैयाँ सहित हुन आउने चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँको ५.२५ % बोनस र २.२५% नगद लाभांश गरी कुल ७.५० % लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।