ग्लोबल आइएमई बैंकले शुरू गर्याेः पाँच जिल्लामा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवा

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंकले विभिन्न पाँच जिल्लामा ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

पाँचथर जिल्लाको याङ्गवरक गाउँपालिका, दैलेख जिल्लाको दुल्लु नगरपालिका र भैरबी गाउँपालिका, तेहथुमको फेदाप गाउँपालिका, धनुषा जिल्लाको नगराईन नगरपालिकाको फुलगामा र बाग्लुङ्गको बडिगाड गाउँपालिकाको सिमाचौरमा नयाँ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

बैंकका अनुसार ग्राहकलाई बैकिङ्ग सेवा लिन टाढा जानुपर्ने जटिलतालाई मध्येनजर गरेर शुरू गरिएकाे शाखारहित बैकिङ्ग सेवाले गाउँमा स्थानियलाई लाभ हुनेछ । स्थाानियले निश्चित रकमकाे खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, व्याज भुक्तानी, टेलिफोन महशुल बुझाउने तथा मोबाईल रिचार्जको सुविधा पाउने भएका छन ।

नयाँ थपिएका ६ वटा शाखारहित बैकिङ्ग सेवासंगै बैकिङ्ग सेवा दिने संख्या २३८ पुगेका छन । बैंकका ७३ जिल्लामा २६४ शाखा, २३९ एटिएम, ४७ एक्सटेन्सन काउन्टर र ३ वटा अन्तराष्ट्रिय सम्पर्क कार्यालय रहेका बैंकले जनाएकाे छ ।