प्रभु लाइफको आईपीओमा आकर्षण, पहिलो दिनमै करिब एक अर्ब रुपैयाँको आवेदन

-



     सफल आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० मंसिर । सोमबारदेखि सर्वसाधारणका लागि साधारण शेयर आवेदन खुला गरेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आकर्षण देखिएको छ । आवेदन खुलाएको पहिलो दिन सोमबार नै करिब एक अर्ब रुपैयाँको आवेदन परेको छ ।

पहिलो दिन ३ लाख १२ हजार वटा आवेदन मार्फत ९६ करोड ११ हजार रुपैयाँ बराबरको ९६ लाख ११ हजार कित्ता शेयर माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।