लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस कति ?

-



     सफल आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० मंसिर । लक्ष्मी बैंक ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले ९ प्रतिशत बोनस र कर सहित २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले  पाउनेछन् ।