ग्लोबल आइएमई लघुवित्तमा मर्ज हुन लागेको स्पर्शले घोषणा गर्यो आकर्षक लाभांश

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ पुस । ग्लोबल आइएमई बैंकमा मर्जरमा जान लागेको स्पर्स लघुवित्तले आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले निर्णय गरे अनुसार स्पर्शले गत आर्थिक वर्षको मुनाफाबाट २०.५३ प्रतिशत लाभांश दिने निर्णय घोषणा गरेको हो ।

घोषणा गरिएको लाभांशमा बोनश शेयर मात्रै १९.५० प्रतिशत दिने उल्लेख गरिएको छ । यसैगरी थप १.०३ प्रतिशत नगद लाभांश गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने स्पर्शले घोषणा गरेको हो ।