अध्यादेशविरूद्ध सर्वाेच्चमा रिट

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ पुस । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्चमा बुधबार रिट दर्ता गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमा जानकारी नदिइकनै अध्यादेश ल्याएकोमा राष्ट्रपतिले जारी गरेकी हुन् ।

अध्यादेशमा अबदेखि संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री एवम् परिषद अध्यक्षसहित ३ सदस्य उपस्थित भए पुग्नेछ । यसअघि प्रधानमन्त्री एवम् परिषद अध्यक्ष सहित ५ जना उपस्थित हुनुपर्ने प्रावधान थियो।

अध्यादेश जारी भएकै दिन हिजो बैठक बसे पनि ठोस निर्णय भएन । बैठकमा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जवरा उपस्थित थिए । सभामुख भने गएनन् ।