
काठमाडौं, १ पुस । साताको चौथो दिन नेप्से ६.२० अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ६.२० अंकले घटेर २ हजार ५५ दशमलब २२ विन्दुमा पुगेको छ ।
कूल १९९ कम्पनीको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता शेयर रु. ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ ।
बैंकिङ ०.९५, व्यापार २४.१६, होटल ७.२७, विकास बैंक ९.६, उत्पादन २०.७२, लघुवित्त ७६.५७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, जलविद्युत् २४.३६, वित्त २.१, निर्जीबन बीमा १३८.४२, अन्य २६.०२ र जीवन बीमा १६०.८५ बिन्दुले ओरालो लागेको छ ।
कारोवारका आधारमा आज एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ४३ लाख ९५ हजार ३६२ बराबरको कारोवार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स रु ३१ करोड ९१ लख ७६ हजार ९३०, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ३९ लाख ६९ हजार १४६, नबिल बैंक रु १८ करोड ४८ लाख ५९ हजार ९७५, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख ४४ हजार, हिमालयन डिस्टिलरी रु १३ करोड नौ लाख १७ हजार ७७१, नेपाल इन्भेस्टमेन्ट बैंक रु १२ करोड ९७ लाख ६५ हजार ३१७, आरएमडिसी रु १२ करोड १३ लाख ८३ हजार र एनआइसी एशिया बैंक रु ११ करोड ३९ लाख ४५ हजार ८१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा छ्याङदी हाइड्रोपावर १०, माहुली सामुदायिक लघुवित्त १०, समिट लघुवित्त ९.९९, नारायणी डेभलपमेन्ट बैंक ९.९८, आरएमडिसी ९.९५, माउण्टेन इनर्जी ९.८८, सूर्योदय लघुवित्त ९.८८, एनसिसी बैंक ८.३३ र साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाए ।
यसैगरी एनएमबी ५० का लगानीकर्ताले ४.४८, शिखर इन्स्योरेन्सले ३.३३, गुडबिल फाइनान्सले ३.२६, रिडी हाइड्रोपावरले ३.२१, चिलिमे हाइड्रोपावरले २.९६, तारागाउँ रिजेन्सी होटलले २.७४, सानिमा माई हाइड्रोपावरले २.७३, नेपाल पुनरबीमा कम्पनीले २.६४ र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले २.४८ प्रतिशतले गुमाए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



