छ्याङ्गदी हाइड्रोले गर्याे लाभांश प्रस्ताव, ३० प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ पुस । छ्याङ्गदी हाइड्रोपावरले प्रस्तावित लाभांश पारित गर्न पुसको २७ गते सातौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/ २०७७ को नाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै कर प्रयोजनार्थ ०.२६ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बोनस शेयर बितरण पछि कायम हुने चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार को ३० प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने प्रस्ताव सभामा लगिने भएको छ ।

छ्याङ्गदी हाइड्रा्पावरका अनुसार गैह्रीधारास्थित केन्द्रीय कार्यालयमा पुस २७ गते डाकिएको साधारण सभा अर्चुअल माध्यमबाट हुनेछ । साधारण सभाका लागि पुस १७ गते बुक क्लोज गर्ने भएकोले पुस १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा भएको कारोबाट कायम भएका शेयरधनीले सभामा भाग लिन सक्ने छन् । साथै उनिहरुले आफ्नो लाभांश सुरक्षित गर्न पाउने भएका छन् ।