पहिलो दिनमै माउन्टेन इनर्जीको शेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ पुस । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको पहिलो दिनमै आज माउन्टेन इनर्जी नेपालको शेयर मूल्यमा ९.८८ प्रतिशतले वृद्धि देखिएको छ ।

माउन्टेन इनर्जीले शुरुको शेयर कोरोबारको लागि नेप्सेबाट घटीमा ११४ रुपैयाँ ८१ पैसा र बढीमा ३४४ रुपैयाँ ४३ पैसा को रेन्ज पाएको थियो ।

आज पहिलो दिनको कारोबारमै माउन्टेन इनर्जीको शेयर मूल्यमा ९.८८ प्रतिशतले वृद्धि भएको छ भने शेयर मूल्य ३७८ रहेको छ । शुरु दिनको शेयर कारोबारमा माउन्टेन इनर्जीको ५३ हजार ५० कित्ता शेयरको कारोबार भएको बताईएको छ ।

कम्पनीकाे १ करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत भएको थियो । यसको शेयर कारोबार संकेत MEN रहेको छ ।