
काठमाडौं, १ पुस । महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आज संयुक्तरुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उद्यम तथा व्यवसाय गर्न चाहने युवालाई आवश्यक परामर्श र तालीमको व्यवस्था गरी सो कर्जाका लागि बैंकमा सिफारिस गरिने बताए।
उनले भने, “यो कार्यक्रम युवा शक्तिलाई उत्पादनसँग जोडेर बेरोजगारी न्यूनीकरणमा मद्दत गर्नेछ ।” सो समझदारीले वर्तमान अवस्थामा खेर गइरहेका बौद्धिक तथा श्रमिक शक्तिको उचित व्यवस्थापनमा समेत ठूलो टेवा पु¥याउने उनको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यान्वयनमा चुनौती भए तापनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने दाबी गरे ।






काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 



