प्रभु लाइफ इन्स्योरेन्सको शेयरमा पर्यो २ अर्ब ३७ करोड रुपैयाँ बराबरको आवेदन

-



     सफल आवाज    
     पौष २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ पुस । प्रभु लाइफ इन्स्योरेन्सको सर्वसाधारणका लागि जारी गरिएको शेयरमा ८ लाख ७३ हजार जनाले आवेदन दिएका छन् । बुधवारसम्म २ अर्ब ३७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । शेयर लगानीकर्ताले आजसम्म आवेदन गर्न सक्ने भएका छन् ।

वुधबार कार्यालय समयसम्म ८ लाख ७३ हजार लगानीकर्ताले २ करोड ३७ लाख कित्ता शेयरका लागि आवेदन दिएका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर खुलाईएको हो । जस्मा ३ लाख कित्ता कर्मचारी तथा ३ लाख कित्ता म्युचुअल फण्डहरुको लागि छुट्याईएको थियो । त्यसमध्येमा बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि रहेको छ ।

प्रभु लाइफको अहिलेको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । शेयर बिक्री भएपछि चुक्ता पूँजी २ अर्ब पुग्ने भएको छ । घटीमा १० देखि बढीमा ५ हजार कित्तासम्म लागनीकर्ताले आवेदन गर्न सक्नेछन् । यसका लागि आजसम्म आवेदन गर्न सकिने भएको छ । प्रभु लाइफले मंसिर २९ गते सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको थियो ।