सुनको मूल्य बढ्यो, कति छ आजको भाउ

-



     सफल आवाज    
     पौष २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ पुस । आज नेपालि बजारमा सुनको मूल्य बढेको छ । बुधबार ९३ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रहेको महासंघले जनाएको छ ।