
काठमाडौं, २ पुस । नेपाल बैंक लिमिटेडले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको छ । बैंकले शेयर प्रिमियमबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा वितरण गर्न योग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे बताएकाे हाे ।
बैंकले आर्थिक वर्ष २०७६/२०७७ को शेयर प्रिमियम र वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश केन्द्रीय बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै वितरण हुने भएको छ ।
नेपाल बैंकको सञ्चालक समितिको पुस १ गते बेलुकी बसेको बैठकले आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरण अनुसार शेयर प्रिमियमबाट चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँको १२ प्रतिशत बोनश शेयर र वितरण योग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो ।







काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



