काठमाडाैंमा आज र भाेलि बालाजु औद्योगिक क्षेत्रसहित पाँच स्थानमा बिजुली काटिने

-



     सफल आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ३ पुस । नेपाल विद्युत् प्राधिकरणले आज र भाेलि बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौंका विभिन्न महत्रवपूर्ण स्थानमा बिजुली काट्न लागेकाे बताएकाे छ ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ । त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ ।

बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।