
काठमाडौं, पुस ३ । पछिल्ला दिनहरुमा शेयर लगानीकर्ताहरु निकै जुर्मुराएका छन्् । विभिन्न कम्पनीहरुका शेयर खुल्दै गर्दा आवदेन गर्नेहरुको संख्यालाई नियाल्ने हो भने अधिक मात्रामा शेयर लगानीकर्ताहरु शेयरमा आवेदन गर्न हौसिएका छन् । यसैक्रममा बिहिबार प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ ।
पुस २ गतेसम्म शेयरका लागि आवेदन गर्न सकिने समय रहेकोमा अपरान्ह ४.३० वजेसम्म प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा साढे १० लाखले आवेदन दिएका छन् भने यो कम्पनीकै अहिलेसम्मकै धेरै आवदेन परेको नयाँ रेकर्ड हो ।
प्रभु इन्स्योरेन्सको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहिबार कार्यालय समयसम्म १० लाख ४४ हजार ५२५ आवेदन परेका हुन । यो २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि ५४ लाख कित्ता शेयर खुलाएकोमा ५.१२ गुण वढी आवेदन परेको छ ।
प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये ३ लाख कित्ता कर्मचरीको लागि थियो भने ३ ला कित्ता सामुहिक लगानीकोषहरुको लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुल्ला गरेको थियो ।
माग गरेभन्दा ५.१२ गुणा वढीको आवेदन परेपछि कम्तिमा १० कित्ताको दरले शेयरको बाँडफाँट हुने अवस्था देखिएको छ । यो अवस्थामा ५० प्रतिशतले शेयर पाउने छैनन् भने ५ लाख ४० जनाले कम्तिमा १० कित्ता पाउने भएका छन् । प्रभु लाइफको शेयर निष्काशनपछि चुक्ता पूँजी २ अर्ब पुग्ने भएको छ । हाल चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



